Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

राष्ट्रिय सभामा उम्मेदवारले साढे तीन लाख मात्र खर्च गर्न पाउने

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ। आयोगले सार्वजनिक सूचना निकाल्दै राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको हो। 

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची–१ मा उल्लेख भए अनुसार तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ। 

राष्ट्रिय सभा सदस्यका उम्मेदवारले मतदाता नामावली खरिद एक हजार, सवारी साधन÷घोडा सत्तरी हजार र सवारी इन्धनमा १० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेगरी तोकिएको छ। 

यस्तै प्रचार प्रसार सामग्रीमा १४ हजार ५ सय, ढुवानीमा १० हजार, गोष्ठी÷अन्तरक्रियामा एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालनमा ३० हजार र विविध खर्च ३ हजार गरी कुल ३ लाख ५० हजारको खर्च सीमा आयोगले तोकेको हो।

यसैगरी राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी लिने भएको छ। उम्मेदवार बन्न अयोग्य रहने कुनै कारण भए जोसुकैले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सक्ने निर्वाचन आयोगले जनाएको छ।

त्यसका लागि आज विहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ। उम्मेदवारमाथिको उजुरी र मनोनयनपत्र उपर भोलि र पर्सि जाँचबुझ गर्ने आयोगको कार्यतालिका छ। त्यसपछि २३ गते दिउँसो ३ बजेपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ। 

पुस २४ गते उम्मेदवारलाई नाम फिर्ता गर्न समय दिएको आयोगले २५ गते अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ। माघ १२ गते १९ पदका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा हिजो सातै प्रदेशमा गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP