Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

गरिब जनताको झुपडीदेखि शहरको महलसम्म जोड्ने चाहना छः विप्लव


घनश्याम भर, कपिलवस्तु ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) ले एक दिन यो देशलाई नेकपाको सोचाई अनुसार नेतृत्व गर्ने बताएका छन् । संसारमा गरिब, भोकमरी, दया, माया गर्ने देशको नामले नेपाल चिनिएको भन्दै यसलाई परिवर्तन गर्न चाहेको उनले बताए । चन्दले यसलाई परिवर्तन गरी छाड्ने अठोट रहेको बताउँदै यस विषयमा बहस पनि भइरहेको बताए ।


महासचिव चन्दले भने, “गरिब जनताको झुपडीदेखि शहरको महलसम्म जोड्ने राजनीतिको एउटा चाहना छ, रोल्पादेखि लिएर काठमाण्डौँसम्म जोड्ने एउटा सपना छ, हाइवेदेखि लिएर गाउँको गोरेटोसम्म जोड्ने चाहना छ” । कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीको बिजगौरीमा २१ औँ माघे संक्रान्ति फुटबल प्रतियोतिाको समुद्घाटन कार्यक्रममा महासचिव नेत्र विक्रम चन्दले यस्तो बताएका हुन् ।


यस्तै अर्को प्रसङ्गमा लक्ष्मी प्रसाद देवकोटाको एउटा कविताको वाक्यांश सम्झिँदै सपना सानो देख्नु हुन्न ठुलो देख्नुपर्छ, चन्द्रमा छुने सपना देख्नपर्छ भन्दै सबैले ठुलो सपना बोकेर अगाडी बढे अवश्य उक्त सपना पूरा हुने उनले बताए । चन्दले खेलकुदले युवालाई गाउँ स्तरदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने उपयुक्त अवसर प्रदान गरेको बताए । खेलकुदले खेलाडी र देशको गरिमालाई उच्च स्थानमा पु¥याउने हुँदा खेलकुदमा युवालाई अग्रसर हुनुपर्नेमा उनले जोड दिए ।


सुर्यमुखी युवा क्लबले आफ्नो ठाउँमा लामो समयदेखि निरन्तर रूपमा फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आएको बताउँदै समाज परिवर्तनमा क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रशंसासमेत चन्दले व्यक्त गरे । खेलकुद र खेलाडीलाई सँधै साथ सहयोग रहने आश्वासनसमेत उनले दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP