Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

अतिक्रमित जग्गा फर्काउने अभियानमा एकीकृत समाजवादी निकट युवा संघ

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ, नेपालले पशुपति क्षेत्रका सार्वजनिक सम्पत्ति अतिक्रमित भएको निष्कर्ष निकाल्दै फिर्ता ल्याइ छाड्ने प्रतिबद्धता जनाएको छ। 

पशुपति क्षेत्र परिसरभित्र निर्मित धर्मशालाको शनिबार दिउँसो अनुगमन गर्न पुगेको युवा संघ नेपालको टोलीले सो धर्मशालासमेत व्यापारिक प्रयोजनको निम्ति दिएको भन्दै त्यसलाई तत्काल रोक्न पनि सरकारसँग माग गरेको छ। 

टोलीले देशभरिका अतिक्रमित सार्वजनिक सम्पत्ति फिर्ता ल्याउने काममा साथ दिन पनि सबैसँग आग्रह गरेको छ।

पशुपति क्षेत्रभित्रको सार्वजनिक सम्पत्तिसमेत अतिक्रमित भएकाले रोक्न आफूहरूले अनुगमन शुरु गरेको संघका अध्यक्ष नरेश शाहीले जानकारी दिए।

संघले देशभरिका सबै सार्वजनिक सम्पत्तिको दुरुपयोग हुन नदिन अनुसन्धान शुरु गरेको पनि बताए।

अध्यक्ष शाहीले नारायणहिटी संग्रहालय, नेपाल ट्रष्ट, रेडियो नेपालको खुमलटारका जग्गासमेत अतिक्रमणमा परेको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफूहरूले पहल शुरु गर्नु परेको बताए।

उनले भने, ‘तपाईंहरूले देख्नु भएको छ। सार्वजनिक सम्पत्ति लुटिने प्रयास भएको छ। त्यसलाई रोक्न, हामीले सार्वजनिक सम्पत्ति दुरुपयोग हुन नदिन छानबिन समिति बनाएका छौं। यो धर्मशालालाई पनि व्यापारिक प्रयोजनका लागि दिइएको रहेछ। यो काम रोक्न म आग्रह गर्दछु। र, सार्वजनिक सम्पत्ति जहाँजहाँ अतिक्रमित भएका छन्। त्यसलाई हामी रोक्नेछौँ। त्यस काममा सहयोग गर्न म पत्रकार मित्रहरूसहित सबैलाई हार्दिक अपिल गर्दछु।’

युवा संघ, नेपालले नारायणहिटी संग्रहालयमा बतास समूहले बनाउन लागेको रेस्टुरेन्ट भत्काउन निर्देशन दिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई धन्यवादसमेत दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP