काठमाण्डाै – वाग्मती प्रदेशमा ट्याक्सी भाडा बढेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयले सूचना प्रकाशित गरी आउने माघ १ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरिएको जनाएको हो ।
अब ट्याक्सीको न्यूनतम भाडा ६० रुपैयाँ कायम भएको छ । ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको शुल्क ६० रुपैयाँ तिर्नुपर्ने छ । त्यसपछि हरेक दुई सय मिटरको यात्रापछि नाै रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेछ ।
सूचनाअनुसार ट्याक्सीहरूले पूर्ण रूपमा मिटर प्रयोग गर्नुपर्ने छ । ट्याक्सी प्रयोग गर्नेबित्तिकै सेवाग्राहीलाई ट्याक्सी नम्बर, चालकको नम्बरसहितको विवरण अङ्ग्रेजी र नेपालीमा भएको भिजिटिङ कार्ड दिनुपर्नेछ ।
यस्तै ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रदायकले सुरक्षित राखी नजिककैको प्रहरीलाई जानकारी दिनुपर्ने र ट्याक्सी नियमित सरसफाइ गरी लैङि्गक विभेदरहित र सेवामैत्री व्यवहार गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया