Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

राष्ट्रिय सभा चुनाव : उम्मेदवारलाई चुनाव चिह्न दिइयाे

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि दलका उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरेको छ । आज आइतवार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दै आयोगले चुनाव चिह्न प्रदान गरेको हो ।  

आउने माघ १२ गते हुने चुनावका  लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर चुनाव चिह्न वितरण गरिएको हो । राष्ट्रिय सभा सदस्य चुनावमा  सात वटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन् ।

आयोगले नेपाली कांग्रेसका उम्मेदवारलाई रुख, नेकपा एमालेका उम्मेदवारलाई सूर्य, नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई गोलाकारभित्र हँसिया हथौडा र नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई कलम चिह्न प्रदान गरेको हो ।

त्यसैगरी राप्रपाका उम्मेदवारलाई हलो, जनता समाजवादी पार्टी नेपालका उम्मेदवारलाई ढल्केको छाता, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवारलाई साइकल, नेपाल मजदुर किसान पार्टीका उम्मेदवारलाई मादल र राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई गिलास चिह्न प्रदान गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP