Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

प्रधानसेनापति शर्मा आज स्वदेश फर्किँदै

काठमाडौं : भारतमा उपचार गर्न गएका प्रधानसेनापति प्रभुराम शर्मा आज  स्वदेश फर्किदै छन्।  पुस १८ गतेदेखि घर बिदा लिएर ब्यक्तिगत रुपमा प्रधानसेनापति शर्मा उपचारका लागि भारत गएका हुन्। उनको  भारतीय सेनाको अस्पताल आरएण्डआर (रिसर्च एण्ड रिफरल)  मा उपचार भएको हो।

सैनिक स्रोतका अनुसार प्रधानसेनापति शर्मालाई मिर्गौलामा पत्थरीको समस्या थियो। उनले यसअघि सैनिक अस्पताल छाउनीमा शल्यक्रिया गराएका थिए। तर, केही समस्या देखिएपछि उनले भारतमा उपचार गराउने निर्णय गरेका थिए। 

सरकारले १४ पुसको मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै प्रधानसेनापति शर्मालाई १८ पुसदेखि ३० सम्म बिदा दिने र यसबीच कामु प्रधानसेनापतिको जिम्मा रथी बालकृष्ण कार्कीलाई दिने निर्णय गरेको थियो।

प्रधानसेनापतिको नेतृत्व सम्हालेयता केही सार्वजनिक कार्यक्रममा स्वास्थ्यकै कारण उनी उपस्थित हुन नसकेपछि उनले बिदा लिएरै उपचार गराउने निर्णय गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP