Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

प्रदेश २ को नाम मधेश तोकियो

काठमाडौं : प्रदेश नम्बर २ को नाम मधेश प्रदेश राखिएको छ। सोमबार भएको मतदानमा कुल ९९ सांसदले भाग लिएका थिए। जसमा मधेश प्रदेशका पक्षमा ८० मत खसेको थियो। 

यसअघि सोमबारै भएको मतदानमा प्रदेशको राजधानी जनकपुर राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको थियो। 

प्रदेशसभा सदस्यहरु शैलेन्द्र कुमार यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश राख्न भनि गरेको प्रस्तावमा मतदान भएको हो। 

प्रदेश २ को राजधानी तथा नामकरणसम्बन्धी अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत विभिन्न नामहरू प्रस्ताव गरेको थियो। जसमा ‘मधेस’ नाममा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहमत थिए।

उनीहरुको प्रस्तावमै समितिले नाम प्रस्ताव गरेको हो ।

नेकपा एमाले र नेकपा एकीकृत समाजवादी प्रदेश २ को नाम जानकी राख्नुपर्छ भन्ने पक्षमा थिए भने नेपाली कांग्रेसले प्रदेशको मिथिला–भोजपुरा राख्नुपर्छ भन्दै आएको थियो। 

तर गोप्य मतदानमा भने दुई तिहाई बढीले मतदान गरेपछि २ नम्बर प्रदेशको नाम मधेश प्रदेश पास भएको हो। सभामुख सरोजकुमार यादवले मधेश नाममै दुई तिहाइ मत परेपछि नामांकन सम्बन्धी अरु प्रस्ताव स्वत: निश्कृय भएको बताए। 

मुलुकका ७ प्रदेशमध्ये अब प्रदेश नम्बर एकले आफ्नो नाम र स्थायी राजधानी टुंगो लगाउन बाँकी छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP