Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

स्थानीय तह निर्वाचनबारे छलफल गर्न गठबन्धन समन्वय समितिको बैठक बस्दै

काठमाडौं : सत्ता गठबन्धन दलले गठन गरेको सरकार सञ्चालन समन्वय समितिको बैठक बस्दै छ। बैठक आज विहान ९ बजे बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जनाएकाे छ। 

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटमा समन्वय समितिको बैठक बोलाउने बारे निर्णय भएको थियो।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनका साथै आगामी स्थानीय तहको निर्वाचनका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

सोमबारको भेटवार्तामा स्थानीय तहको आगामी निर्वाचन र प्रदेश तथा प्रतिनिधि सभाका निर्वाचनको विषयमा छलफल भएको थियो। प्रधानमन्त्री देउवा र प्रचण्डबीच भएको छलफलमा आज मंगलबार बिहान ९ बजे बस्ने गरी पाँच दलीय गठबन्धन समन्वय समिति बैठक बोलाउने सहमति भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 

आजको बैठकमा आसन्न निर्वाचन एवं सामसामयिक राजनीतिक गतिविधिबारे छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP