Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

वैशाखमा गर्नुपर्ने पालिकाको चुनाव अन्योलमा

काठमाण्डाै – सरकारले मिति घोषणा गर्न ढिलाइ गर्दा वैशाखमा हुनुपर्ने पालिकाको चुनाव अन्योलमा परेको छ । निर्वाचन आयोगले यसअघि नै वैशाखमा चुनाव गर्न प्रस्ताव गरे पनि सत्तारुढ गठबन्धनभित्र चुनावका अरु विकल्पबारे छलफल हुन थालेपछि पालिकाको चुनाव अन्योलमा परेको हो । 

वैशाखमा चुनाव गर्नको लागि आजभोलिमै मिति घोषणा भइसक्नुपर्छ । तर सत्तारुढ गठबन्धनको हिजोको बैठकले पालिका तहको चुनावबारे निर्णय गर्न नसक्दा मिति घोषणामा ढिलाइ भएको छ ।

हिजो बसेको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले पालिका तह चुनावबारे कानुनी अस्पष्टता रहेको भन्दै संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय गरेको छ । यस विषयमा एक, दुई दिनभित्रै छलफल हुने सत्तारुढ दलका नेताहरुको भनाइ छ । 

संविधानमा पालिकाका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र र निर्वाचन ऐनमा भने कार्यकाल सकिनु २ महिनाअगावै चुनाव गरिसक्नु पर्ने उल्लेख भएकाले कुन कुरालाई मान्ने भन्ने विषयमा संविधान र कानुनका विज्ञसँग छलफल गर्ने सत्तारुढ दलले निर्णय गरेका हुन् । तर संविधानविद्हरुले भने आउँदो जेठ ५ गतेभित्रै पालिकाको चुनाव गर्नुपर्ने कानुनी बाध्यता रहेको प्रष्ट पारेका छन् । 

सत्ता गठबन्धनले तीनवटै तहको चुनाव एकैपटक गर्ने विकल्पमा छलफल थालेपछि संविधानविद्हरुले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव वैशाख–जेठमा गर्न नमिल्ने र मंसिरसम्म कुर्नै पर्ने बताएका छन् । 

पालिकाको चुनाव पछि धकेलेर पहिले सङ्घीय चुनाव गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको चौतर्फी आलोचना भएपछि सत्ता गठबन्धनभित्र तीनै तहको चुनाव एकैपटक गर्ने विकल्पमा छलफल सुरु भएको हो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP