Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

एक जना स्वकीयको भरमा सिंगो मन्त्रालय

हेटौंडा : बागमती प्रदेशको पाँचवटा मन्त्रालय भएको ६ तले भवनको छैटौँ तला। जसको दायाँपट्टि केही समयअघि विभाजित भएर बनेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय छ। जुन मन्त्रालय मन्त्रीले नियुक्त गरेका पाचौँ तहको एक स्वकीयले चलाइरहेका छन्।

गठबन्धन दलमा भागबण्डा मिलाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट विभाजन भएर बनेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय मन्त्रीले नियुक्त गरेका एकजना स्वकीयको भरमा चलिरहेको हो।

दलीय भागवण्डा मिलाउन मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय फुटाएर खडा गरे पनि ती मन्त्रालयले हालसम्म काम र कर्मचारी पाउन सकेको छैन। जसले गर्दा बागमती प्रदेशको सहकारी मन्त्रालय एकजना पाचौँ तहको स्वकीयले चलाइरहेका हुन्।

आइतबार दिउँसो २ बजे मन्त्रालयमा पुग्दा भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम पौडेलले कम्प्युटर अपरेटरको रूपमा नियुक्त गरेका पाचौं तहका स्वकीय सुमन अधिकारी मात्रै थिए। मन्त्रालयमा सेवा लिन आएका सेवाग्राहीलाई उनी मन्त्रालयमा मन्त्री र कर्मचारी नभएको भन्दै अरू नै दिन आउन आग्रह गर्दै थिए।

आइतबार मन्त्रालयमा उनीबाहेक न त मन्त्री थिए न कर्मचारी नै। मन्त्रालयको ढोकानजिकै रहेको मन्त्रीको निजी सचिवालयबाटै उनले मन्त्रालय चलाइरहेको देखिन्थ्यो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP