काठमाण्डाै – कानुनविद्हरूले पालिका चुनावबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ दलहरूलाई सुझाव दिएका छन् ।
सत्तारुढ पाँचदलीय गठबन्धनले आज आइतवार दिउँसाे पालिका चुनावबारे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा कानुनविद्हरूले संविधानसँग बाझिएका सबै कानुन संशोधन गरेर पालिकाकाे चुनावमा जान सुझाव दिएका हुन् ।
कानुनविद्हरूले स्थानीय तह निर्वाचन ऐन र संविधान बाझिएकाले बाझिएका कानुन संशोधन गरेर अघि बढ्न सुझाव दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहको निर्वाचन ऐन २०७३ को दफा ३ र संविधानको धारा २२५ बाझिएको देखिएकाले संविधानको धारा १ अनुसार संविधानसँग बाझिएको कानुन बाझिएको हदसम्म अमान्य हुनेछ भन्ने व्यवस्था भएकाले त्याेअनुसार कानुन संशोधन गर्नुपर्ने सुझाव प्राप्त भएको छ ।’
बैठकमा कानुनविद्हरूले सत्तारुढ पाँच दललाई संविधानसँग बाझिएका कुनै पनि कानुन अमान्य हुने संवैधानिक व्यवस्था गरेको पनि स्मरण गराएका थिए । पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले संविधानअनुसार कानुन नबनेकाले पालिका चुनावबारे जटिलता आएको उल्लेख गर्दै संविधानअनुसार कानुन संशोधन गरेर अघि बढ्न सुझाव दिइएको बताउनुभयो ।
बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलगायतको सहभागिता रहेको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया