Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

विवेकशीलले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने

हेटौंडा : भोलि हुने राष्ट्रिय सभा अन्तर्गतको बागमती प्रदेशको निर्वाचनमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ। मंगलबार काठमाडौंमा बसेको विवेकशील साझा पार्टीको संसदीय दलको बैठकले भोलि बुधबार हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतदानमा सहभागी नहुने निर्णय गरेको हो।

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी दिएकाहरूमध्ये आफूहरूलाई कुनै पनि उम्मेदवार ठिक नलागेकोले मतदानमा सहभागी नहुने निर्णय गरेको संसदीय दलको नेता रमेश पौड्यालले जानकारी दिए।

पौड्यालले सर्वोच्च अदालतले २०७१ सालमै ‘नो भोट’को व्यवस्था गर्न आदेश दिइसकेको भन्दै त्यसको व्यवस्था गर्न निर्वाचन आयोगसमक्ष मागसमेत गरे। विवेकशील साझाको बागमती प्रदेशसभामा तीन जना सदस्य छन्।

राष्ट्रिय सभा सदस्यअन्तर्गत बागमती प्रदेशमा रिक्त हुन लागेको दुई सिटको लागि भोलि मतदान हुदैँछ। दुई सिटको राष्ट्रियसभा सदस्य बन्न ६ जना उम्मेदवारबीच प्रतिष्पर्धा हुन लागेको छ। जसमा सत्तारुढ गठबन्धन, नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीबाट दुई÷दुई जना गरी ६ जनाले मनोनयन दर्ता गरेका छन्।

गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एकीकृत समाजवादी)बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन्। त्यस्तैगरी एमालेबाट महिलामा निरुकुमारी कुँवर र अन्यमा गोपाल शाक्य तथा नेमकिपाबाट महिलामा गीता काफ्ले र अन्यमा कृष्णबहादुर तामाङ चुनावी मैदानमा होमिएका छन्।

राष्ट्रियसभा निर्वाचनमा बागमतीमा तीन सय ४६ मतदाता रहेका छन्। मतदातामा प्रदेशका एक सय १९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी दुई सय ३७ रहेका छन्। निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ।

जसअनुसार निर्वाचनमा एक सय ९ जना प्रदेश सभा सदस्यको पाँच हजार दुई सय ३२ मतभार रहेको छ भने स्थानीय तहका दुईसय ३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार रहेको छ।

जसअनुसार बागमतीमा तीन सय ४६ जना मतदाताको नौ हजार ४ सय ९८ मतभार गणना हुनेछ। प्रदेश निर्वाचन कार्यालयले मतदानको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार मतदान प्रक्रिया भोलि बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म हुनेछ। मतदान स्थलको मंगलबार बागमती प्रदेशका मुख्यमन्त्रीले अनुगमन गरेका थिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP