काठमाडौं : नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।
बैठकमा स्थानियतहको निर्वाचन तत्काल घोषणा भए त्यसको तयारीमा के कसरी लाग्ने भन्ने विषयमा छलफल हुनेछ।
यस्तै यहि माघ १२ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको समिक्षालगायत समसमायिक विषयमा छलफल हुने ज्ञवालीले बताए।
बैठकले पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिकालार्इ अन्तिम रुप दिइनेछ। विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा पनि छलफल हुने कार्यसूची रहेको उपमहासचिव ज्ञवालीले बताए।
एमाले केन्द्रीय सचिवालयमा केन्द्रीय अध्यक्षसहितका पदाधिकारी रहने व्यवस्था छ। एमालेमा अहिले अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्षहरू ६,उपमहासचिव ३ र सचिव ७ गरी १९ जनाको सचिवालय छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया