Trending

पार्किङ गरेर राखेको स्कोरपियो र मोटरसाइकलमा आगजनी

काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका-११ गाईघाटमा पार्किङ गरि राखेको स्कारपियो गाडी र एक मोटरसाइकल आगजनी भएको छ। 

स्थानिय किसान राईको घरमा पार्किङ गरि राखेको प्रदेश १–२–००२ च ४३८५ नम्बरको स्कारपियो गाडी  र स ३ प  २२८३ नम्बरको मोटर साइकलमा मध्ये राति १ बजे आगजनी भएको हो।  

आगजनी भएको १ घण्टापछि नगरपालिकाको दमकल र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो। उक्त स्कारपियो र मोटर साइकल जलेर पूर्णरुपमा नष्ट भएको छ। 

आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। आगो नियन्त्रण पछि एक जनालाई पक्राउ गरिएको र  घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको एसपी सुवाशचन्द्र बोहोराले जानकारी दिए। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP