Trending

दाङमा ३ लाख नगदसहित ८ जुवाडे पक्राउ

दाङ : दाङमा प्रहरीले करिब ३ लाख नगदसहित ८ जना जुवाडे पक्राउ गरेको छ। शान्तिनगर गाउँपालिका-५ स्थित निराजन मल्लको घरमा जुवा खेलिरहेका उनीहरूलाई २ लाख ८२ हजार ३ सय नगदसहित बुधबार राति ८ पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए।

पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका-७ का ४० वर्षीय प्रमोदकुमार खड्का, सोही ठाउँका ३२ वर्षीय निराजन मल्ल, ४५ वर्षीय उत्तम डाँगी, ३२ वर्षीय रमेश रावत, बबई गाउँपालिका-४ का ४० वर्षीय बलीराम खत्री, तुलसीपुर उपमहानगरपालिका-९ का ३० वर्षीय राजेशकुमार बोहरा, तुलसीपुर-१० का ५८ वर्षीय ध्रुव शाह र हाल शान्तिनगर-५ बस्ने भारत विहारका ३५ वर्षीय हजरत अली रहेको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खिलतपुरबाट प्रहरी निरीक्षक नवीन चुदालीको नेतृत्वमा गएको टोलीले मल्लको घरबाट उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका १० थान मोबाइल तथा एक गड्डी ताससमेत बरामद गरेको प्रहरीले जनाएको छ।

यसैगरी घोराहीबाट प्रहरीले लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ गरेको छ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ हापुरका २६ वर्षीय दिपेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घोराही उपमहानगरपालिका-१७ गुलरिया पार्क नजिकबाट बुधबार दिउँसो करिब सवा २ बजेतिर १ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

उनका अनुसार लागुऔषध ओसारपसार तथा बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिप्रका दाङको प्रहरी टोलीले गुलरिया पार्कनजिक शंकास्पद रुपमा बसिरहेको अवस्थामा  खड्कालाई  नियन्त्रणमा लिएर खानतलासी गर्दा ३४ पुडिया ब्राउन सुगर फेला परेको हो।

उक्त लागुऔषध तौलँदा १ ग्राम ३८० मिलिग्राम भएको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP