Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

कर्णाली सरकारले पायो पूर्णता, गैरसांसददेखि चाेरी मुद्दामा सजाय भाेगेकासम्म मन्त्री

सुर्खेत : नेतृत्व परिवर्तन भएको तीन महिनापछि आइतबार कर्णाली सरकारले पूर्णता पाएको छ। लामो समयदेखि रिक्त पाँच मन्त्रालयमा मन्त्री नियुक्त भएसँगै आठ सदस्यीय कर्णाली मन्त्रिपरिषदले पूर्णता पाएको हो।

नव नियुक्त पाँचै जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

मुख्यमन्त्री जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट दुई/दुई तथा नेकपा (एकीकृत समाजवादी)बाट थप एक जनालाई मन्त्री नियुक्त गरेका हुन्।

नेपाली कांग्रेसबाट हिमबहादुर शाहीलाई आन्तरिक मामिला तथा कान’न मन्त्री र यज्ञबहादुर बुढाक्षेत्री सामाजिक विकास मन्त्रीमा नियुक्त भएका छन्। यस्तै नेकपा माओवादी केन्द्रबाट कार्चेन लामा ऊर्जा तथा जलस्रोत मन्त्री र गणेशप्रसाद सिंह उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएको छ। 

नेकपा एकीकृत समाजवादीबाट पदम रोकायालाई भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा नियुक्त गरिएको छ। कांग्रेसबाट मुख्यमन्त्री शाहीसहित माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन्।

लामा मूर्ति चोरेको अभियोगमा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन्। उनले चीनको ताक्लाकोटमा रहेको गुम्बाको मूर्ति चोरी गरेको आरोपमा सजाय पाएका थिए।

झण्डै १२ सय वर्ष पुरानो प्राचीन मूर्ति चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाले २०४९ मंसिर १४ गते नैतिक पतन देखिने गरी फौजदारी अभियोगमा मुद्दा अदालतमा दर्ता गरेको थियो।

त्यसको दुई वर्षपछि २०५१ मंसिर २५ गते तत्कालीन जिल्ला न्यायाधीश निलकण्ठ उपाध्यायको इजलासले लामालार्ई दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। लामा हाल सांसद समेत छैनन्। माओवादी कर्णाली प्रदेशसभा दलभित्रै उनलाई मन्त्री बनाउन हुँदैन भनेर विवाद भइरहेकाे छ। 

लामो समयसम्म गठबन्धनभित्र मन्त्रालय भागबण्डा नमिल्दा मन्त्रिमण्डल विस्तार हुन सकेको थिएन। अन्ततः मन्त्रालय भागबण्डामा गठबन्धनभित्रै किचलो बढेपछि केन्द्रीय शीर्ष नेताले विवाद समाधान गरेका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP