Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

एकीकृत समाजवादीका १४ सांसदलाई नहटाएसम्म संसद् चल्न नदिने एमालेको अडान

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १४ सांसद रहेसम्म संसद् चल्न नसक्ने अडान दोहोर्‍याएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार भएको छलफलमा एमाले अध्यक्ष ओलीले अहिले एकीकृत समाजवादी दलको नाममा १४ जना गैरसांसदलाई राखेर संसद् चल्न नसक्ने अडान दोहोर्‍याउनुभएकाे हो ।  

यदि १४ सांसद नहटाउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्ने माग पनि ओलीले राख्नुभएको छलफलमा सहभागी एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

‘गैरसांसदको उपस्थितिमा संसद् चल्न सक्दैन, दलले कारबाही गरेका सांसद राखेर संसद् चलाउने विषय सुहाउँदो होइन, त्यो चिज नसच्याउने हो भने सभामुखले मार्ग प्रशस्त गर्नुपर्छ भन्ने हामीले भनाइ राखेका छौँ,’ पोखरेलले भन्नुभयो । एमालेको अवरोधका कारण सङ्घीय संसद्को बैठक लामो समयदेखि नियमित कार्यसूचीमा नै प्रवेश गर्न पाएको छैन । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP