Trending
flash सार्वजनिक सुनुवाई, नागरिकका सुझावलाई नीति, योजना तथा कार्यक्रममा समेटिने flash बन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया flash कृष्णनगरबाट १४ किलो बढी चरेससहित ४ जना पक्राउ flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट

गठबन्धनलाई निरन्तरता दिँदा कांग्रेसलाई फाइदै फाइदा हुन्छ : नेता पाैडेल

कास्की – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न पार्टी नेतृत्वलाई दबाब दिनुभएको छ । 

एमसीसीको विषयलाई लिएर प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा र सत्तारुढ गठबन्धनमा आबद्ध अन्य दलहरूबीच मतभेद भइरहेका बेला वरिष्ठ नेता पौडेलले आउँदाे चुनाव जित्नका लागि पनि सत्तारुढ गठबन्धनलाई निरन्तरता दिएर जान उपयुक्त हुने प्रतिक्रिया दिनुभएको हो । 

आज आइतवार पार्टीले पोखरामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सत्तारुढ गठबन्धनकै कारण पार्टीले राष्ट्रिय सभा चुनावमा पनि जित हात पार्न सफल भएको बताउँदै उहाँले त्यसलाई नकारेर अघि नबढ्न पार्टी नेतृत्वलाई सचेत गराउनुभयो ।

वरिष्ठ नेता पौडेलले पार्टी कमजोर भएका ठाउँमा अन्य दलसँग मिलेर चुनाव चितिन्छ भने त्यसमा मिलेर किन नजाने ? भनी पार्टी नेतृत्वलाई प्रश्न गर्नुभयो । कास्कीमा एक्लै चुनाव लडेर जित्न नसकिने भन्दै उहाँले त्यस्ता ठाउँमा गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने तर्क गर्नुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, ‘कांग्रेस अब जाने कहाँ ? म के भन्न चाहन्छु भने आजसम्म जे गर्दा कांग्रेसले सफलता प्राप्त गरेको छ, यसलाई त हामी मान्छौँ नि । हामीले सरकारको प्रधानमन्त्री पद पनि पाएकै हो । हामीले संसदमा आफ्ना ६ जना साथी जिताउन सकेकै हो । हाम्रा तीन जना खाली भएका थिए । ६ जना प्राप्त गर्‍याैँ । त्यो एक्लै पाएको हो ? त्यो पाँच दल मिलेर पाएको हो कि, होइन ? पाँच दल मिलेर हामीले प्राप्त गर्‍याैँ । भोलि पनि चुनाव लड्दा यही कास्की जिल्लालाई उदाहरण दिएर म भन्न चाहन्छु– के एक्लै लड्ने हो ? कि मिल्नुपर्छ अरूसँग ? जहाँ हामी एक्लै लडेर जित्न सक्छौं, त्यहाँ एक्लै लडौँ । जहाँ एक्लै लडेर सर्लक्कै जित्न सकिन्छ, त्यसमा किन अर्कालाई भाग दिनुपर्‍याे ? तर जहाँ आफ्नो स्थिति पनि कमजोर छ । उताको स्थिति पनि कमजोर छ भने पछि दुइदा मिल्दा जितिन्छ भने किन नमिल्ने ?’ 

वरिष्ठ नेता पौडेलले एक्लै लडेर चुनाव जितिने ठाउँमा भने पार्टीले एक्लै चुनाव लड्दा हुने पनि बताउनुभयो । उहाँले सत्तारुढ गठबन्धनलाई कायमै राखेर जाँदा कांग्रेसलाई फाइदै फाइदा हुने दाबी समेत गर्नुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP