Trending
flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह

सुदूरपश्चिममा नाउपाका लक्ष्मण चौधरीद्वारा मुख्‍यमन्त्रीमा दाबी पेस

काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्‍यमन्त्रीमा केन्द्रको गठबन्धनविपरीत नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन्।

चौधरीले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

केन्द्रमा नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बीचमा भएको सहमतिविपरीत उनीहरूले कांग्रेससँग मिलेर मुख्‍यमन्त्रीमा दाबी पेस गरेका हुन्।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा अहिले ५१ सांसद छन्। एक सांसदको निधन र समानुपातिक सांसद इन्दिरा गिरी पदमुक्त भएपछि २ पद रिक्त छन्।

सुदूरपश्चिममा सरकार बनाउन २६ सांसदको समर्थन चाहिन्छ। सुदूरपश्चिम प्रदेशको मुख्‍यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आज साँझसम्मको समयसीमा तोकेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP