Trending
flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह

हिउँदे अधिवेशनबाट ३ वटामात्रै विधेयक पारित, २४ विधेयक संसद्‌मै

काठमाडौँ : विधेयक अधिवेशनको रूपमा लिइने संसद्को हिउँदे अधिवेशन ३ वटा विधेयकमात्रै पारित गरेर अन्त्य भएको छ।

गत वर्षको माघ २२ गतेदेखि शुरु भएको प्रतिनिधिसभाको तेस्रो र राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन यही वैशाख २ गते समाप्त भएको हो। अधिवेशनको बीचमा प्रतिनिधिसभा र राष्ट्रियसभाले ३ वटा विधेयक मात्रै पारित गर्न सफल भएको छ।

दुवै सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पारित गरेका हुन्।

विधेयक अधिवेशन भनिए पनि विधेयकहरू पारित गर्न संसद्को सक्रियता देखिएन। राजनीतिक दलका सांसदहरू स्वयं संसद्ले विधेयकहरू पारित गर्न नसकेको भन्दै असन्तुष्ट देखिने गरेका छन्। यद्यपि उनीहरूले अर्को दललाई आरोप लगाउने गरेका छन्।

२४ वटा विधेयक अझै संसदमै रहेका अवस्था छ।

संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले प्रतिनिधिसभामा ९ वटा विधेयक, प्रतिनिधिसभाको समितिमा १४ वटा विधेयक र राष्ट्रियसभाको समितिमा एउटा विधेयक रहेको जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP