Trending
flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह

गीत गाएर बुवालाई भोट माग्दै गायिका ‘सुनिता थेगिम’

‘बिनायो कङकङ, बिनायो कङकङ

ए कान्छा घुम्न जाऊँ लै लै मलायो हङकङ

यो गीत कुनै सांगीतक कार्यक्रमको ‘स्टेज प्रोग्राम’ मा घन्किएको होइन। यो गीतका भाका इलामको माङसेबुङको खुल्ला आकाश, माटो अनि कुना कन्दरा र भीर पाखा छिचोल्दै घन्किएको गीत थियो।

त्यसमा पनि गायिका सुनिता थेगिमको आवाजमा। गायिका थेगिम यतिबेला इलाम निर्वाचन क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा चुनावी प्रचार प्रसारको दौडधुपमा व्यस्त छिन्। किनकि त्यस क्षेत्रको उम्मेदवारको रुपमा रहेका पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमलाई जिताउनु जो छ।

डेकेन्द्रसिंह थेगिम सुनिताका लागि केबल इलाम क्षेत्र नम्बर २ का उम्मेदवार मात्रै होइनन्। सुनिताको जीवनका चित्र रेखा कोर्नका लागि बाल्यकालदेखि आजसम्म साथ दिने उनको बुवा पनि हुन्।

सधैँजस्तो हुँदो हो त उनी यतिबेला नयाँ वर्षको आगमनसँगै विभिन्न जिल्लामा स्टेज प्रोग्रामको चटारोमा कुदिरहेकी हुन्थिन्। माथि उल्लेखित गीतको माध्यमबाट दर्शकलाई छमछम नचाइरहेकी हुन्थिन्। तर, यतिबेला बुवा जिताऊ अभियानमा व्यस्त छिन्। इलामेली जनतालाई नचाई–नचाई गीतको शब्द, धुनसँगै भोट पनि मागिरहेकी हुन्छिन्।

संगीतको तालसँगै घरीघरी भन्छिन्,‘भोट के मा? भोट के मा ?

उनको गीतसँगै साथ दिन आएका अझ भनौँ त्यस क्षेत्रका मतदाताहरु गीतको ताल छिचोल्दै ठूलो आवाजमा भन्छन्,’मुडामा, मुडामा‘

त्यसो त यो जित केबल थेगिम परिवारको मात्रै नभएर पूर्वमा लड्दै आएको पहिचानको आन्दोलनको जित रहरको उनीहरुको भनाइ छ।

बुवासँगै नेपालको राष्ट्रिय झण्डा ओडेर चुनावी अभियानमा होमिएकी गायिका थेगिम बुवाकै भाषामा घरीघरी भन्छिन्,‘जय मुद्दा।’

०७९ फागुन १७ गते तत्कालीन प्रदेश १ ले कोशी नाम पाएसँगै उग्ररूप लिएको नामकरणको आन्दोलनको ‘सेफल्याण्डिङ’ निर्वाचन जितेर हुन्छ या त वार्ता र छलफलले हुन्छ यसको नतिजा आउन बाँकी नै छ। यद्यपि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको दर्बिलो साथ पाएको थेगिमले यो क्षेत्रमा जित्नु पहिचानको आन्दोलनको माङगेना (शिर) उठ्नु हो भन्ने भनाइ पनि त्यस क्षेत्रका नागरिकहरुको छ।

त्यसो त सहजै जीत हासिल गर्न सकस नै छ। यद्यपि लारुम्बा र पहिचानको आन्दोलन भावनात्मक हिसाबले पनि जोडिएको केही आशा भने रहेको छ। यता, एमालेका उम्मेदवार सुहाङ नेम्वाङ, रास्वपका उम्मेदवार पूर्व पत्रकार मिलन लिम्बू, नेपाली कांग्रेसका उम्मेदवार डम्मर खड्कालाई पनि कम आँक्न भने नहुने स्थानीयहरुको भनाइ छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP