Trending
flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह

गण्डकीमा मन्त्रालय बाँडफाँड, चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारअ

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विनाविभागीयको हैसियतमा रहेका दुई मन्त्रीलाई जिम्मेवारी दिएका छन्।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले दुवै मन्त्रीलाई जिम्मेवारी दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता प्रवीण ढकालले जानकारी दिए। मन्त्रिपरिषदबाट निर्णय गरी प्रदेश प्रमुखसमक्ष गएको उनले जनाए।

मुख्यमन्त्री अधिकारीले बिनाविभागीय मन्त्री हरिबहादुर चुमानलाई आर्थिक मामिला र राजीव गुरुङ (दीपक मनाङे) लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बनाएको स्रोतले जनाएको छ। उनीहरूलाई पदभार ग्रहण भने आइतबार मात्रै गराउने तयारी छ।

सभामुख कृष्णप्रसाद धिताललाई समेत समावेश गरी सरकारमा दाबी पेश गरेपछि अधिकारी चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएकै दिन उनले ३ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

सभामुखलाई समेत प्रयोग गरेर मुख्यमन्त्री नियुक्त हुन गैरसंवैधानिक भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराजले चैत २७ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले सरकारलाई कामचलाउ हैसियतमा मात्र काम गर्न भनेको छ।

प्रदेश सभामा विश्वासको मत प्राप्तसमेत गर्ने अवस्था नरहेको अवस्थामा शुक्रबार प्रदेश सभा अधिवेशन शुरु गरेर अनिश्चित कालका लागि स्थगित गरिएको छ। त्यसको भोलिपल्टै अधिकारीले चुमानलाई अर्थ र मनाङेलाई भौतिक पूर्वाधारकै जिम्मेवारी दिएका हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP