घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ७ बैशाख ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा किड्सद्वारा सञ्चालित ‘सबल बालिका, सबल समुदाय’ परियोजना अन्तर्गत ५ सय ४१ जना बालबालिकालाई झोला तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
किड्सका कार्यक्रम संयोजक असगर हुसेन धुनियाका अनुसार छनोट भएका ५ सय ४१ जना बालबालिकामध्ये सोमबार वडा नम्बर ३ मा १ सय ४४ जना बालबालिकालाई झाेला तथा शैक्षिक सामग्री वितरण गरिएको छ । वडा नम्बर ५ र ६ का ३ सय ९७ जना बालबालिकालाई वितरण गर्न बाँकी रहेको र क्रमशः ती वडामा पनि वितरण हुनेछ । बालबालिकालाई झोला, कपी, कलम, ज्यामिति बक्स तथा पेन्सिल वितरण गरिएको हो ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले शैक्षिक सामग्रीले बालबालिकाको पढाइप्रति रुचि बढ्ने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमले समुदायका बालबालिकालाई थप हौसला मिल्ने बताइन् ।
कार्यक्रम संयोजक धुनियाले यस शैक्षिक सामग्रीले विद्यालयमा बालबालिकाकाे निरन्तरतामा टेवा पुग्ने भन्दै परियोजना मार्फत विपन्न तथा आवश्यकतामा रहेका बालबालिकालाई सहयोग गर्दै शिक्षामा पहुँच बढाउने उद्देश्य रहेको बताए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया