कपिलवस्तुको चन्द्रौटामा रहेको शिवराज आधारभूत सेवा अस्पतालमा ३८ लाख ५६ हजार ३ सय ९५ रुपैयाँ बराबरको आर्थिक अनियमितताको आशंका प्रबल बनेपछि जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा परेका छन्।
गत आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका क्रममा अस्पतालको अभिलेखमा बैंक खातामा रकम जम्मा गरिएको देखाउने १२८ वटा भौचर भेटिएका छन् । तर वास्तविक बैंक स्टेटमेन्टमा भने उक्त रकम नदेखिएपछि ३८ लाख ५६ हजार ३ सय ९५ रुपैयाँ गायब भएको लेखा परिक्षक लक्ष्मण निरौलाले बताउनुभयो ।
प्रारम्भिक अनुसन्धानमा रकम दाखिला गरिएको देखाउन नक्कली बैंक भौचर प्रयोग गरिएको खुलेको छ भने भौचरमा प्रयोग गरिएको छापसमेत नक्कली रहेको नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका प्रबन्धक रमेश जुगीजुले बताउनुभयो जनाएको छ ।
घटनामा संलग्नता र जिम्मेवारीका हिसाबले केही प्रमुख व्यक्तिहरू प्रश्नको घेरामा परेका छन्। आधारभूत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा खाता सञ्चालक नेत्र प्रसाद बेल्वासे मुख्य जिम्मेवार पदमा रहेकाले उनको भूमिकामाथि प्रश्न उठेको छ ।
यस्तै,अस्पतालका तत्कालीन प्रशासन प्रमुख बिरेन्द्र मिश्रको नामबाट करिब ३० लाख रुपैयाँ, डाक्टरअमित पाण्डेको नामबाट करिब ७ लाख रुपैयाँ र फर्मेसिष्ट लक्ष्मण रिमालको नामबाट करिब १ लाख रुपैयाँ दाखिला गरिएको देखाउने नक्कली भौचर भेटिएकोले उनीहरूको संलग्नता पनि अनुसन्धानको दायरामा आएको स्थानीयको भनाई छ ।
यस विषयलाई गम्भीर रूपमा लिँदै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले वैशाख ४ गते वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्राचार गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएका छन्।
घटनाले ठूलो तरंग सिर्जना गरेको छ। अहिले सबैको चासो—हराएको ३८ लाख ५६ हजार ३ सय ९५ रुपैयाँ कसरी र कसको मिलेमतोमा गायब भयो भन्ने प्रश्नमा केन्द्रित भएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया