घनश्याम भर
(विजयनगर) कपिलवस्तु, ३१ साउन ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा नेकपा एमाले गाउँ कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले गाउँपालिकाका सातओटै वडामा पार्टीको वर्तमान अवस्था, सदस्यता नवीकरण, संगठन सुदृढीकरण तथा वडास्तरमा देखिएका समस्या र सुधार गर्नुपर्ने विषयमा छलफल गरेको छ ।
नेकपा एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार ‘मिसन पार्टी जागरण अभियान’ अन्तर्गत विजयनगरमा विभिन्न गतिविधि सञ्चालन गर्ने निर्णय गरिएको छ । अभियान अन्तर्गत पालिका कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण भदौ ६ गते शनिबार गाउँपालिकाकाे सभाहलमा आयोजना गर्ने निर्णय भएको गाउँ कमिटीका अध्यक्ष थर्क बहादुर खन्गाहाले जानकारी दिए ।
त्यस्तै वडा तहमा पनि बैठक गर्ने निर्णय गरिएको छ । जस अनुसार वडा नम्बर १ मा भदौ ८ गते, वडा नम्बर २ मा भदौ १४ गते, वडा नम्बर ३ मा भदौ ११ गते, वडा नम्बर ४ मा भदौ ९ गते, वडा नम्बर ६ मा भदौ १० गते र वडा नम्बर ७ मा भदौ ७ गते वडा बैठक बस्ने तय भएको छ । वडा नम्बर ५ को बैठकको मिति भने तय हुन बाँकी रहेको छ ।
बैठकले पार्टी सदस्यता नवीकरणलाई अभियानका रूपमा अघि बढाउने निर्णय समेत गरेको छ । नवीकरण गर्न बाँकी सदस्यहरूको सदस्यता नवीकरण गर्ने, इच्छुक व्यक्तिलाई नयाँ सदस्यता वितरण गर्ने तथा अन्य राजनीतिक दल वा समूहबाट एमालेमा आबद्ध हुन चाहनेलाई पार्टी प्रवेश गराउने निर्णय गरिएको छ ।
बैठकमा नेकपा एमालेका पूर्व पोलिटब्युरो सदस्य तथा एमाले नेता विमला घिमिरेले वर्तमान राजनीतिक अवस्था, पछिल्ला राजनीतिक घटनाक्रम, जेन-जी आन्दोलन तथा निर्वाचनका विषयमा धारणा राख्दै उनले पार्टीलाई जनतासँग जोड्दै संगठनलाई थप सक्रिय र सुदृढ बनाउनुपर्नेमा जोड दिइन् ।
त्यस्तै लुम्बिनी प्रदेश कमिटी सदस्य तथा विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले वर्तमान राजनीतिक परिस्थिति, निर्वाचन र निर्वाचनपछिको अवस्थाकाकाे बारेमा जिकिर गर्दै उनलेे पार्टीको नीति, विचार र संगठनलाई वडा तहसम्म प्रभावकारी रूपमा पुर्याउन ‘मिसन पार्टी जागरण अभियान’लाई सक्रियतापूर्वक सञ्चालन गर्नुपर्ने बताए ।
बैठकले पार्टी संगठनलाई चलायमान बनाउँदै सदस्यता विस्तार, नवीकरण र जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने गरी अभियानलाई वडा तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने निष्कर्ष निकालेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया