Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, २ भदौ ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा सञ्चालित ‘खाद्य सुरक्षामा सामुदायिक रूपान्तरणका लागि पैरवी परियोजना’का गतिविधिको अनुगमन गरिएको छ । कालिका स्वावलम्बन सामाजिक केन्द्र र अन्धेरी हिल्फेको सहयोगमा सञ्चालित परियोजनाको अनुगमनसँगै महिला कृषि समूहका सदस्यसँग छलफल गरिएको हो । अनुगमन टाेलीले सिसवा महिला कृषक समुह र दुर्गा महिला कृषक समुह छुटपाटीका महिलाहरुसँग अन्तरक्रिया सहित छलफल गरेकाे हाे ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, जिल्ला समन्वय समिति अध्यक्ष बाबुराम आचार्य, गाउँपालिका अध्यक्ष गोपालबहादुर थापा, कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंह लगायतको टोलीले महिला कृषि समूहका सदस्यसँग छलफल गर्दै परियोजनाबाट भएका काम, उपलब्धी, समस्या र आगामी आवश्यकताबारे जानकारी लिएको सामाजिक रुपान्तरण सहजकर्ता दिपक भण्डारीले जानकारी दिए ।

कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यक्रम सम्पर्क व्यक्ति अजय चाैधरीका अनुसार छलफलका क्रममा महिला समूहका सदस्यहरूले कृषि उत्पादन, खाद्य सुरक्षा, आयआर्जन तथा समूहगत गतिविधिबारे आफ्ना अनुभव राखेका थिए । उनीहरूले कृषि क्षेत्रमा देखिएका समस्या तथा आगामी दिनमा आवश्यक सहयोगबारे पनि अनुगमन टोलीलाई जानकारी गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले खाद्य सुरक्षा र आत्मनिर्भरता बढाउन उत्पादनमुखी कार्यक्रम आवश्यक रहेको बताए । उनले समुदायको आवश्यकता र स्थानीय उत्पादनलाई जोडेर यस्ता कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समितिका अध्यक्ष बाबुराम आचार्यले महिला सहभागितामार्फत कृषि तथा आयआर्जनका गतिविधि अघि बढाउनु सकारात्मक भएको भन्दै कार्यक्रमलाई दिगो बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताए ।

गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले महिला कृषि समूहका माध्यमबाट कृषि उत्पादन र आयआर्जन बढाउन गाउँपालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने बताए । उनले स्थानीयस्तरमै रोजगारी र उत्पादन बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए ।

कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप सिंहले समुदायको आवश्यकता पहिचान गरी खाद्य सुरक्षा, कृषि उत्पादन र जीविकोपार्जन सुधारमा केन्द्रित भएर परियोजना सञ्चालन गरिएको बताए ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरे, जिल्ला समन्वय समिति उपाध्यक्ष रमेश कुर्मी, गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मालगायतको सहभागिता थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP