सुर्खेत । पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग एक सातासम्म पनि खुल्न सकेको छैन । करिब एक दर्जन ठाउँमा खसेको पहिरो पन्छाउन समस्या हुँदा सडक सञ्चालन हुन नसकेको हो । सडक नखुल्दा जरुरी कामले यात्रा गर्नुपर्ने सर्वसाधारण समस्यामा परेका छन् ।
अविरल बर्षाका कारणले राजमार्गको दैलेख, कालीकोट सडकखण्डको विभिन्न ठाउँमा खसेको पहिरो पञ्छाउन नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
दैखोला, कालेखोला, बगरेखोला, सुनारखोला, टाकुल्लाखोला, गगनेखोला र कालीकोटको नाग्माघाट, खाडाँचक्रलगायतका ठाउँमा पहिरो खसेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
राजमार्गको पहिरो हटाउन ३ वटा डोजरसहितको टोली खटिएको छ । तर लगातार पानी पर्ने र पहिरो आउने क्रम नरोकिएपछि राजमार्ग खोल्न थप समस्या भएको प्रहरीको भनाइ छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया