Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

बिजुलीबजारको पुलमा रंगरोगन

काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएका दुई आर्क ब्रिज अन्य पुलभन्दा भिन्न छन् । यसलाई अझ सुन्दर बनाउने गरी सडक विभागले रंगरोगन थालेको छ । यसअघि नै यो पुलमा सडक उज्यालिने गरी बत्ती जोडेर साँझमा झिलीमिली देखिने बनाइसकिएको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारीका अनुसार यो पुलमा रंगरोगन गरेर थप बत्ती जोडिनेछन् । ‘अब सडकमा झिलीमिली बनाउँदा त दुर्घटनाको डर हुन्छ,’ उनले भने,‘तर सडकमा असर नपर्ने गरी दायाँ–बायाँबाट आकर्षक देखिने गरी रंगिचंगी बत्ती पनि जोड्छौं ।’

शहरको सौन्दर्यता बढाउने उद्देश्यले नै सरकारले धोबीखोलामा यस्तो पुल बनाएको थियो । रात्रीकालीन जीवन प्रवर्द्धनका लागि पनि यो पुलले विशेष महत्व दर्शाउने अधिकारीले बताए ।

विभागका अनुसार यो काम सकिएपछि बानेश्वर–माइतीघर सडकखण्ड आकर्षक देखिनेछ । बिजुलीबजारको पुलको ठेक्का १३ पुस २०७१ मा दिइएको थियो । तोकिएभन्दा केही ढिला गरेर निर्माण सकिएको थियो ।

‘नेटवर्क आर्क’ अहिले नेपालमा बनिरहेका पुलहरु भन्दा बिल्कुलै फरक प्रवधिको हो । यो आर्कमा नै आधारित हुने भएकाले देख्दा पनि निकै फरक खालको हुन्छ ।

आर्क ब्रिजमा अहिले नेपालमा प्रचलनमा रहेका अन्य पुलमा जस्तो बीच–बीचमा पिल्लर प्रयोग गरिएको छैन । पिल्लर नहाले पनि ‘अब्युटमेन्ट’को आधारमा पुलको वारपार आर्क (धनुष) फिक्सिङ गरिएको छ ।

र, माथिल्लो भागमा बांगो आकारको आर्क राखिएको छ । आर्कहरुलाई पनि क्रस ढलान गरेर जोडिएको छ । र केबलहरु प्रयोग गरेर लोड व्यवस्थापन गरिएको छ ।

यस्तो आर्कलाई ‘अब्युटमेन्ट’मा जोडिन्छ । आर्कमार्फत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिएको हुन्छ । पुलमा गाडी गुड्दा त्यसको भार केबल नेटवर्कमार्फत आर्क हुँदै ‘अब्युटमेन्ट’मा पर्छ । पुलको सम्पूर्ण भारलाई आर्कले नै थेग्छ । त्यसैका कारण पिल्लर नभए पनि यो प्रविधिको पुल बलियो मानिन्छ ।

आर्क पुलको आकर्षक पक्ष भनेको यसले दिने शहरी सौन्दर्यता पनि हो । रंगरोगनपछि यो पुल आसपास फोटो खिचाउनेहरु बाक्लिने सडक विभागको अनुमान छ ।

धोबिखोलामाथिको दुई वटा आर्क ब्रिजसँगै काठमाडौं आयोजनाले तिनकुनेको बाग्मती नदीमाथि पनि उस्तै आकारको पुल बनाउन लागेको थियो ।

१३ पुस २०७१ मै ठेक्का लागेको यो पुलको निर्माण कार्यमा लपरवाही भएपछि पप्पु कन्स्ट्रक्सनसँग विभागले ठेक्का तोडेको छ । र, त्यहाँ आर्क पुल बनाउने योजना अलपत्र छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP