काठमाडौं : प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। सैनिक मुख्यालय जंगी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
कात्तिक १ गतेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। जंगी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया