Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

प्रधानमन्त्रीले आज कैलाली र बर्दियाको बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाका बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको छ। बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षणको लागि बिहीबार सुदूरपश्चिम प्रदेश गएका देउवाले शुक्रबार कैलाली र बर्दियाका प्रभावितलाई भेट्ने कार्यक्रम रहेको उनको स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

बिहीबार डोटी, बझाङ र डढेल्धुरामा भएको क्षतिको अवलोकन गरी प्रधानमन्त्री त्यही क्षेत्रमा नै बसेका छन्। आज थप क्षेत्रको निरीक्षण गरी दिउँसो चार बजेपछि काठमाडौं फर्किने कार्यक्रम तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव देउवाले जानकारी दिए।

बिहीबार बिहान काठमाडौंबाट सुर्खेत पुगेको प्रधानमन्त्री देउवा नेतृत्वको टोलीले डोटी, बझाङ, बैतडी, डडेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर बाढी-पहिरो र डुबानको स्थलगत जानकारी लिएको छ। प्रधानमन्त्रीले साँझ कञ्चनपुरमा ब्रह्मदेव र महाकाली तटीय क्षेत्रको हवाई निरीक्षणसमेत गरेका थिए। त्यसक्रममा प्रधानमन्त्री देउवाले प्रभावित नागरिकलाई तत्काल उद्धार तथा सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशनसमेत दिएका छन्।

टोलीमा प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP