Trending
flash अस्पतालको ३८ लाख घोटाला : जिम्मेवार व्यक्तिहरू नै प्रश्नको घेरामा flash विद्यालय यात्रामा टेवा : विजयनगरका ५ सय ४१ बालबालिकालाई झोला र शैक्षिक सामग्री flash विजया सिमेन्टमा करेन्ट लागेर मजदुरको मृत्यु flash पढाइमा ढिलाइ हुने कारण देखाउँदै विजयनगरमा भोलिदेखि विद्यार्थी भर्ना सुरु flash आधारभुत अस्पताल चन्द्रौटाको ३८ लाख अनियमितता आशंका : १२८ वटा भौचरको रकम गायब समाज ९ महिनामा ४१ अर्ब रुपैयाँभन्दा बढी विदेशी लगानी प्रतिबद्धता समाज आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट समाज वैशाख कृष्ण औँसीः आज आमाको मुख हेर्ने दिन, मातातिर्थमा भक्तजनको घुइँचाे समाज ट्रकको ठक्करबाट एक जनाको मृत्यु अन्तर्राष्ट्रिय इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु

महेन्द्रनगर- दिल्ली बस सेवा पुनः सञ्चालन

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगर–नयाँ दिल्ली नेपाल भारतमैत्री बस सेवा पुनः सञ्चालन भएको छ। कोरोनाको संक्रमणका कारण १९ महिनादेखि बन्द भएको बस सेवा शुक्रवारदेखि पुनः सुरु भएको हो।

भारतको उत्तरप्रदेश परिवाहनको बस यात्रु बोकेर महेन्द्रनगर आइपुगेको छ। बसलाई महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरराज पन्तसहितका बस व्यवसायीहरुले स्वागत गरेका छन्।

शुक्रबार बिहान आइपुगेको बसले साँझ ६० जना यात्रु बोकेर नयाँ दिल्लीतर्फ प्रस्थान गरेको अध्यक्ष पन्तले बताए। बसको परमिट बनाई एक दुई दिनभित्रै महेन्द्रनगरबाट समेत बस नयाँ दिल्लीका लागि सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए। अध्यक्ष पन्तले सीमा क्षेत्रमा भारतबाट नेपाल आउने बसले झन्झट व्यहोर्नु पर्ने अबस्था रहेको बताए।

 ‘नेपालबाट भारत जाँदा यात्रुहरुले पिसिआर रिपोर्ट देखाउनु पर्दैन’ उनले भने, ‘नेपाल आउँदा बस चालक सहितले पिसिआर रिपोर्ट र स्वास्थ्यका मापदण्ड पालना गर्नु पर्छ।’ सहजीकरणका लागि गृह र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको उनले बताए।

कोरोना महामारी फैलिनुअघि महेन्द्रनगरबाट नयाँ दिल्ल र देहरादुनका लागि दैनिक नौ वटा बस सञ्चालन हुँदै आएका थिए। कोरोनाका कारण बस सेवा बन्द भएदेखि यात्रुले सास्ती खेप्दै आएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP