दाङ : दाङमा साढे चार लाख रूपैयाँभन्दा बढी रकमसहित जुवा खेलिरहेको अवस्थामा २० जना पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका-१४ रझेनाका यज्ञ खड्काको घरमा आइतबार राति करिब ९ बजे उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।
अवैध जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट गएको प्रहरी टोलीले ४ लाख ६४ हजार रुपैयाँ नगदसहित २० जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा घोराही-१५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बूढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही-१४ का २९ वर्षीय लालबहादुर अमल, घोराही-१५ का ५७ वर्षीय शरद लामिछाने, घोराही-१२ का ५२ वर्षीय कुलराज वली, जुवाको खालबाट रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षीय रूपलाल बिक रहेका छन्।
त्यस्तै घोराही-१५ का ५७ वर्षीय महावीर वली, सोही ठाउँका ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ वर्षीय विकास खत्री, ४२ कै प्रमोद गौतम, घोराही-४ गोग्लीका ६२ वर्षीय श्रीधर अधिकारी, घोराही-५ का ५७ वर्षीय नबिन पछाँँई, घोराही-१९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही-१४ का २५ वर्षीय यज्ञ खड्का, घोराही-१४ का २४ वर्षीय कमल घर्ती, घोराही-१६ का ३४ का रबी गिरी र घोराही-१८ का ४९ वर्षीय समिर लामा रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले जिल्लामा पछिल्लो समय जुवाविरुद्ध कारबाही तीव्र पार्दै लगेको छ। तुलसीपुर र घोराही क्षेत्रबाट प्रहरीले दिनहुँजसो जुवा खालहरुमा छापा हानेर जुवाडेहरू पक्राउ गर्दे आएको छ।
पक्राउ परेका विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा ६ बमोजिम पहिलो पटकलाई ३ महिनासम्म कैद वा तिस हजार जरिवाना र दोस्रो पटकलाई १ वर्ष सम्म कैद र पचास हजार सम्म जरिवाना हुने कानुनी प्रावधान छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया