काठमाण्डौ – दीपावलीका क्रममा ठाउँठाउँमा आगलागी भएको छ । काठमाण्डौ उपत्यकाका अनामनगर, इन्द्रचोक, कौशलटार लगायतका ठाउँमा आगो लागेको छ । आगलागीबाट अनामनगरका सबैभन्दा धेरै क्षति भएको छ ।
अनामनगरमा गोरखाकी पुष्पाञ्जलि भिन्तुनाले सञ्चालन गरेको फर्निचर पसलमा आगलागी हुँदा ५५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।
हिजो बेलुका लक्ष्मी पूजा गर्ने क्रममा बालेको दियोबाट आगो सल्किएको प्रहरीले जनाएको छ । हिजो बेलुका पौने ८ बजे लागेको आगो एक घण्टा पछि निभाइएको थियो ।
आगलागीबाट सँगै रहेको अर्को कस्मेटिक पसल पनि जलेको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया