काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज बिहान ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ। यो यस वर्षको अहिलेसम्मकै सवैभन्दा कम तापक्रम मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उपत्यकाको हिजोको न्युनतम तापक्रम ९ र अस्ति ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो।
आज पनि दिनभर मौसम सफा हुने संभावना रहेकोले चिसो थप बढ्न सक्ने महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिए। पछिल्लो मापन अनुसार जुम्लाको तापक्रम अत्यन्तै न्युन छ। त्यहाँको तापक्रम माइनस २ डिग्री सेल्सियसमा झरेको छ। यस्तै दोलखाको जिरीमा २ डिग्री सेल्सियस तापक्रम मापन भएको छ। देशभरको तापक्रम घट्दो क्रममा रहेकोले चिसोबाट जोगिन महाशाखाले आग्रह गरेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया