Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

गुणस्तरमा आधारित पर्यटक भित्र्याउन मापदण्ड बनाऔँ : सांसद गौतम

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने बताएकी छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद गौतमले नेपालमा संख्यामा भन्दा पनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउनुपर्ने बताएकी हुन्। उनले त्यसको लागि मापदण्ड बनाउनुपर्ने पनि बताइन्।

उनले नीति नै बनाएर खर्च गर्नसक्ने पर्यटक मात्रै भित्राउनुपर्ने बताइन्। नेपालको पर्यटनको मूल आधार हिमाल, प्राकृतिक सम्पदा र संस्कृतिहरु रहेका भन्दै त्यहाँ नआउने पर्यटकहरुबाट पर्यटन प्रवद्र्धन नहुने उनले बताए। उनले संख्यामा पर्यटक गन्न छोड्नुपर्ने बताइन्।

उनले भनिन् ‘बजेट विनियोजन मज्जाले नियालेर हेर्ने हो भने मन्त्री र सांसदहरुबिचको शक्ति संघर्षमा मन्त्रीले सांसदलाई हराएको जस्तो र गर्व गरेको जस्तो देखिन्छ। त्यो बजेटले बोल्ने कुरा हो। मन्त्रीहरु बजेटमा उत्कृष्ट हुनुहुन्छ कि, सांसदहरु भन्दा एकदम उत्कृष्ट हो कि, उहाँहरुको ठाउँमा चाहीँ बढी नै पर्नुपर्ने हो कि भन्नेजस्तो भान हुन्छ। टुक्रे बजेटलाई प्रश्रय नदिऔँ। यतिधेरै टुक्रे बजेटहरु विनियोजन भएको छ कि एकलाखे बजेटले एउटा लाखे नाच आयोजना गर्न पनि पुग्दैन रहेछ। त्यस्तो किसिमको बजेट विनियोजन भएको देखियो। मन्त्रीले मागेजति दिँदा एकछिन वाहवाही त होला तर नेपालको पर्यटन क्षेत्रमा यसले कत्ति पनि योगदान दिन सक्दैन।’

सांसद गौतमले ट्रेकिङ टेल मासेर सडकहरु पुर्‍याइएको भन्दै यसले ट्रेकिङ व्यवसायलाई धरापमा पारेको बताइन्। उनले ट्रेकिङ टेलको रक्षा गर्नुपर्ने बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP