Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

भारतीय पर्यटकलाई डाकालाई जस्तो व्यवहार गरियो : धवलसमशेर राणा

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा. धवलसमशेर जबराले भारतीय पर्यटकहरुलाई नेपालमा डाकालाई गरेजस्तो व्यवहार गरिएको आरोप लगाएका छन्।

शुक्रवार प्रतिनिधिसभा बैठकमा उनले भारतीय पर्यटक स्थलमार्ग हुँदै नेपालमा आउँदा डाकालाई गरेजस्तो दुर्व्यवहार गरिएको आरोप लगाएका हुन्।

उनले भारतीय पर्यटकलाई कडाइपूर्वक चेकिङ गरिने गरेको बताए। उनले पर्यटकहरुलाई इज्जतका साथ स्वागत गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराए।

‘हामी छिमेकी मुलका पर्यटकहरुलाई धेरै वास्ता गर्दैनौँ। अहिले चीन र भारतका पर्यटकले विश्व छाएका छन्। हाम्रा त अगल बगलमा छन् तर सहजीकरण गर्दैनौँ‚’ उनले भने‚ ‘स्थलमार्गबाट भारतीय मोटरमा पर्यटक आउँदा नेपालमा डाका पसेकोजस्तो व्यवहार गरिन्छ। १० ठाउँमा चेकिङ गरिन्छ।’

उनले भारतीय हजार र पाँच सय रुपैयाँको नोट ल्याएमा सशस्त्र प्रहरीले बोर्डरमै दुर्व्यवहार गर्ने गरेको भन्दै त्यस्तो नहुने व्यवस्था मिलाउन प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई आग्रह गरे।

‘हामीले आउने पर्यटकहरुलाई सम्मानका साथ, इज्जतका साथ स्वागत गर्नुपर्ने आवश्यकता छ। यसमा सरकारले ध्यान दिनुपर्छ। ५०० रुपैयाँ र हजार रुपैयाँभन्दा कमको मात्रै भारु नोट ल्याउन पाइन्छ‚’ उनले भने‚ ‘५०० को नोट ल्यायो भने बोर्डरमा सशस्त्रले समातेर दुर्व्यवहार गर्छ। अनि हामी पर्यटनको कुरा गर्छौं? यो के तमासा गरेको?’

उनले नजिकका पर्यटकहरुलाई बेवास्ता गर्न नहुनेमा जोड दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP