काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकालले पार्टीलाई रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
केन्द्रीय समितिमा पेश गरेको प्रतिवेदनमा ढकालले पार्टीको पहिचान नै संकटमा रहेको भन्दै यस्तो प्रस्ताव पेश गरेका हुन्। त्यसका लागि पार्टीका केन्द्रीय सदस्यहरू २ हप्ता गुप्तवास बस्नुपर्ने उनको प्रस्ताव छ।
‘रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बन्न के गर्ने? अबको दुई हप्ता तयारी गरौं। त्यसपछि सभापति र उपसभापतिबाहेकका केन्द्रीय समिति सदस्यहरू दुई हप्ता गुप्तवास जाऔं।’ ढकालले प्रतिवेदनमा लेखेका छन्, ‘गुप्तवासका क्रममा म महामन्त्रीको राय राख्छु, मत राख्दिनँ। तपाईँहरू निर्णय गर्नुहोस्।’
पार्टीको विधान कस्तो बनाउने, पालना कसले गराउने, संगठनात्मक ढाँचा कस्तो हुने उम्मेदवार छनौट कसरी गर्नेलगायतका विषयमा निर्णय गर्नुपर्ने उनको तर्क छ।
गुप्तवास नबस्ने र अब सबै प्रक्रिया लाइभ गरौं भने पनि आफू तयार रहेको उनको भनाइ छ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाउने तर पार्टीलाई भने रविको पार्टी बनाउन नहुनेमा जोड दिएका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया