देउखुरी (दाङ), २४ असार ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले अविरल वर्षाका कारण विपद्मा परेकाहरूलाई तत्काल राहत र उद्धारका गर्न निर्देशन दिनुभएको छ । वर्षाका कारण बाढी, पहिरो र डुबानबाट प्रभावित जनताको जनधनको सुरक्षाका लागि राज्यका निकायहरूलाई कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभएको हो ।
लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी सँग अविरल वर्षाका कारण भएको क्षतिको जानकारी लिएपछि मुख्यमन्त्री महराले राहत तथा उद्धारमा सकृयता पूर्वक लाग्न निर्देशन गरेको मुख्यमन्त्रीको सचिवालयले
जनाएको छ ।
विपद्बाट प्रभावित नागरिकको सुरक्षा लुम्बिनी प्रदेश सरकारको पहिलो प्राथामिकता भएकोले जिल्ला विपद् व्यवस्थापन समितिले सबै निकाय सँग सहकार्य गरेर काम गरिरहेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । अविरल वर्षापछि लुम्बिनी प्रदेशका केही स्थानमा सडक अवरुद्ध भएको छ भने बाढी पहिरोले क्षती पुराउनुका साथै बस्ती डुबानमा परेका छन् ।
विपद्का कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री महराले उद्धार र राहतलाई सकृयता पूर्वक विपद् व्यवस्थापन समितिले काम गरिरहेको
बताउनुभएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया