Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

बालकोटको बाटो देखाउने प्रधानमन्त्री प्रचण्ड नै हो : कांग्रेस सांसद विक

 

काठमाडौँ : नेपाली कांग्रेसकी सांसद शान्ती विकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालकोटको बाटो देखाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भएको आरोप लगाएकी छन्।

सोमवार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद विकले कांग्रेस सभापति देउवाको इमान्दारीतालाई कमजोरी नठान्न पनि प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएकी छन्।

उनले प्रधानमन्त्री प्रचण्ड बालकोट र बूढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालकोट जान नपाउने हो भन्दै प्रश्न गरिन्। उनले सत्ताको लागि सबैभन्दा पहिला बालकोटको बाटो देखाउने प्रधानमन्त्री प्रचण्ड नै भएको भन्दै देउवाको कुनै दोष नभएको बताइन्।

‘यही इमान्दारितालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कमजोरी ठान्नुभयो तर उहाँलाई बालकोटको बाटो देखाउने तपाईं नै हो। यसमा दलको नेताको कुनै दोष छैन‚’ उनले भनिन्‚ ‘तपाईं बालकोट र बूढानीलकण्ठ ओहोरदोहोर गरिरहन पाउने तर देउवा बालकोट जान नपाउने हो?’

उनले पूर्वप्रधानमन्त्री देउवा आफूलाई दिएको वचनमा पूर्ण प्रतिबद्ध र स्पष्टता, छलकपट नगर्ने, आफ्नो वचनको महत्व बुझ्ने‚ नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्ति भएको दावी गरिन्।

‘गृह मन्त्रालय एक्सनमा उत्रिएपछि ठूला दल डराएर एक ठाउँमा आए भन्दै गर्दा २०८० फागुन २३ देखि आजसम्म एक्सनमा उत्रिन रोक्यो कसले? सहकारीको अर्बौँ हिनामिना काण्डले आफ्नै धोती खुस्किएर गृहले फाइल खोल्ने सिरिज जनताको बीचमा रिलिज हुँदैन भन्ने कुरा अवगत रहोस्‚’ उनले भनिन्, ‘२६ वर्षदेखि मैले चिनेको दलको नेता पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आफूलाई दिएको वचनमा पूर्ण प्रतिबद्ध र स्पष्टता छलकपट नगर्ने, आफ्नो वचनको महत्व बुझ्ने‚ नैतिक मूल्य र सिद्धान्तमा आधारित निर्णय गर्ने इमान्दार व्यक्तिको रुपमा चिनेको छु।’

उनले सहकारीको अर्बौँ हिनामिना काण्डमा मुछिएर गृहमन्त्री असिनपसिन भएको आरोप पनि लगाइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP