Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

सबैसँग विश्वासको मत माग्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं : नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सबै दल र स्वतन्त्र सांसदसँग अपिल गर्ने भएको छ।

बुधबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले दलका नेतासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पक्षमा मत माग्ने निर्णय गरेको हो।

नेपाली कांग्रेससँग समीकरणको समझदारी भएसँगै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। जसका कारण प्रचण्डले शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन्।

स्पष्ट अल्पमतमा परेपछि नयाँ समीकरणमा जोडिएका कांग्रेस र एमालेले प्रधानमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्दै आएका छन्। तर प्रधानमन्त्री प्रचण्ड भने संसदमा विश्वासको मत लिने तयारीमा छन्।

‘संविधानको कार्यान्वयन, रक्षाका लागि र नेपाली जनताको हित चाहने सबै राजनीतिक दल र स्वतन्त्र सांसदहरुसँग विश्वासको मत दिन अपिल गर्ने निर्णय भएको छ।’ बैठकपछि संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले भने।

उनका अनुसार प्रचण्डले बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे ब्रिफिङ गरेका थिए। बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ह्विप जारी गर्ने निर्णय पनि गरेको पाण्डेले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP