Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

पार्टीको विधान परिमार्जन गर्न रास्वपाले बनायो ११ सदस्यीय सुझाव कार्यदल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो।

बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले परिमार्जन, संशोधनहरु र सुझावका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहनेगरी कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा। तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ रहेको बताए।

उनले कार्यदलको बैठक आज नै बस्ने उपसंयोजक र सचिव छनोट गर्ने बताए। उनका अनुसार कार्यदललाई सुझाव प्रतिवेदन दिन ९० दिनको समय दिइएको छ। बैठकले अभियान विभागको नेतृत्व गरिरहेका पार्टीको सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय पनि भएको बताए।

कर्णाली विशेष अभियान भाद्र दोस्रो सप्ताहदेखि शुरुवात गर्ने बताए। पार्टीका विचार मन्थन गर्न, क्षमता अभिवृद्धिमा काम गर्न, रणनीतिमा अझै धेरै छलफल आवश्यक ठानेर पार्टीको क्लोज क्याम्प गर्ने र त्यसको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गर्ने बताए। उनले केन्द्रीय विभाग मनोनयन र अनुमोदनका लागि हालसम्मको अनुमोदन हुन बाँकी अनुमोदन गर्ने, सबै विभागले आफ्नो कार्यविधि रिभ्यु गर्ने, कार्यविधि आफैँले प्रश्तुत गर्ने र टिम यस्तो हुनुपर्छ भनेर पनि प्रश्ताव गर्ने सैद्धान्तिक सहमति भएको बताए।

कार्यवाहक प्रवक्ता झाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासमा पठाइएको भनिएको पत्र दूतावासमा रजिस्टर पनि नभएको र सिफारिस गरे अनुसारको सुविधा पनि नपाएको भएकाले आर्थिक चलखेल नभएको बताए। उनले आफूहरुले संवैधानिक परिषदमा बहुमतको लागि भएको चलखेलको रुपमा लिएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP