Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

नेपालको आन्तरिक मामिलामा चिनियाँ राजदूतको टिप्पणी सह्य छैन : सभापति यादव

काठमाडौं : अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति राजकिशोर यादवले सिमलतालको पहिरोमा परी त्रिशूलीमा बेपत्ता बसको बारेमा चिनियाँ राजदूत छन सोङले दिएको अभिव्यक्ति कूटनीतिक मर्यादाविपरीत भएको बताएका छन्।

उनले भारतबाट हराएका बस र यात्रुहरु खोज्नका लागि आएको गोताखोर टोलीका बारेमा चिनियाँ राजदूतले दिएको टिप्पणी दुर्भाग्यपूर्ण रहेको बताएका हुन्। उनले नेपाल र चीनको बीचमा कसरी राम्रो सम्बन्ध बनाउन सकिन्छ? भन्ने मात्रै अधिकार राजदूतलाई हुने भन्दै नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने कुरा सह्य नहुने बताए।

उनले यस्ता टिप्पणीले दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न गराउने बताए। सभापति यादवले राजदूतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको उल्लेख गरे।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सो विषयमा गम्भीर भएको भन्दै समितिले परराष्ट्र मन्त्रालयसँग जानकारी माग्ने बताए। उनले नेपालको आन्तरिक मामिलामा मित्रराष्ट्रका राजदूतहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नेपालीहरु सह्य नहुने बताए। मन्त्रालयसँग सो बारेमा जानकारी लिएपछि समितिले आवश्यक निर्देशन दिने पनि बताए।

उनले भने, ‘नेपालमा दुर्भाग्यपूर्ण दुर्घटना भयो। त्यो दुर्घटनामा जो बेपत्ता मान्छेहरु र सँगैसँगै दुई वटा बस हराइरहेको छ। त्यसलाई अहिले पनि नेपाल सरकारले खोज्ने कार्यमा व्यस्त रहेको छ। सँगै नेपालले आफ्ना मित्र राष्ट्र अरुसँग पनि सहयोग मागेको स्थिति छ। त्यसमा भारतबाट खोज्ने टोली आएको र त्योसँग सम्बन्धित भएर नेपालका लागि चिनियाँ राजदुतले त्यसरी टिप्पणी गरेको छ। त्यो दुर्भाग्यपूर्ण हो। एउटा राजदुतले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर आचरण गरेको देखिन्छ। यसको बारेमा वास्तवमा हाम्रो समिति गम्भीर भएको छ। नेपालको आन्तरिक मामिलामा हाम्रा मित्रराष्ट्रका राजदूतहरुले यसरी टिकाटिप्पणी गर्नु राम्रो होइन, गर्नु हुँदैन। यो नेपालको आन्तरिक मामिलामा हस्तक्षेपका रुपमा बुझेका छौँ।’

राजदूत सोङले सिमलताल पहिरोमा बेपत्ता मानिस र बस खोज्न छिमेकी देश भारतबाट आएको गोताखोर टोलीप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए।

उक्त विषयलाई लिएर संसदमा पनि सांसदहरुले आवाज उठाइरहेका छन्। राजदूतलाई बोलाएर स्पष्टीकरण सोध्नुपर्ने माग सांसदहरुको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP