Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

सुदूरपश्चिमले आज नयाँ मुख्यमन्त्री पाउँदै

काठमाडौं : सुदूरपश्चिम प्रदेशमा आज नयाँ सरकार गठनको लागि मुख्यमन्त्रीमा दाबी पेश हुदैछ।

शुक्रबार दीर्घबहादुर सोडारीले राजीनामा दिएसँगै प्रदेश प्रमुख नाजिर मियाँले आज साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन्।

मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कमलबहादुर शाहले दाबी पेश गर्ने तयारी गरेका छन्। कांग्रेसको शीर्ष तहमा भएको समझदारीअनुसार यसअघि पनि मुख्यमन्त्री भइसकेका शाहकै नेतृत्वमा सरकार गठन गर्ने तयारी भएको हो।

कांग्रेसबाट मुख्यमन्त्रीका अर्का दाबेदार दिवानसिंह विष्टले भने मुख्यमन्त्री को बन्ने भन्ने टुंगिइनसकेको बताए। थाहा सञ्चार नेटवर्कसँगको कुराकानीमा विष्टले मुख्यमन्त्रीमा दाबी पेश कसले गर्ने भन्नेबारेमा पार्टीमा छलफल जारी रहेको बताए।

यसबारे आधिकारीक निर्णय गर्न कांग्रेसले आज बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको छ। तर पार्टी नेतृत्व शाहप्रति नै सकारात्मक देखिएको छ। केन्द्रमा कांग्रेस एमालेबीचको समीकरण अनुसार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो।

कांग्रेस एमालेबीच नयाँ समीकरण बनेपछि गत असार २१ गते नै एमालेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकार छोडेको थियो। त्यसपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले संवैधानिक अधिकार भन्दै विश्वासको मतसमेत परीक्षण नगरी झण्डै एक महिना सत्तामा बसेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP