काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौको कीर्तिपुर नगरपलिकामा मेयर र दुई वडाध्यका उम्मेदवार घोषणा गरेको छ। आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितीमा तिन उम्मेदवारको नाम घोषणा गरिएको हो।
माओवादीले मेयरका लागि प्रा.डा. शिबशरण महर्जनलाई अगाडि सारेको छ। यस्तै वडा नम्बर १ को अध्यक्षमा अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षमा ईन्जिनियर नारायण विष्टको नाम घोषणा गरेको हो।
आगामी मंसिर १६ गते कीर्तिपुरसहित देशका विभिन्न स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदै छ। उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले आफ्ना नेता कार्यकर्ताहरूलाई आत्मसमीक्षासहित जनताको घरघर, टोलटोल, व्यक्ति व्यक्तिलाई भेट्न गई स्थानीय तह उपनिर्वाचनलाई परिणाममुखी बनाउन निर्देशनसमेत दिए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया