Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

विकास निर्माणका नाममा जथाभावी मेसिन प्रयोग गर्नु घातक : उपप्रधानमन्त्री सिंह

काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका छन्।

बिहीवार काठमाडौँमा प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले जथाभावी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्को सामना गर्नुपरेको बताएका हुन्। उनले गत असोजमा आएको बाढी, पहिरोले बाटो र सडक निर्माण गर्नु मात्र विकास र समस्याको समाधान होइन भन्ने पुष्टि गरेको बताए।

नेपालको भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्र विकास निर्माणका काम गर्नुपर्ने भन्दै हतारमा मेसिनको प्रयोग गर्नु घातक हुने बताए। देशको भौगोलिक अवस्थितिबारे गम्भीर रूपमा सोच्न जरुरी रहेको उल्लेख गरे। तीन तहकै सरकार मिलेर काम गरेमात्रै सोचेअनुरूपको नतिजा निस्किने बताए। विकासका लागि सडक शुरुवाती बिन्दु रहेको भन्दै प्रविधिमैत्री सडक बनाउने कुरामा लाग्न जोड दिए।

मन्त्री प्रकाशमान सिंहले भने, ‘जुन बाटो हामीले बनाइरहेका छौँ‚ त्यसका कारण भूक्षय हुने, बाढी पहिरो जाने समस्या देखिरहेका छौँ। बाटो र सडक निर्माण मात्र विकास निर्माण र समस्याको समाधान होइन भन्ने गत असोजमा गएको बाढीपहिरोले पुष्टि गरिसकेको छ। त्यसकारण अब हामीले वातावरण र प्रकृतिमैत्री प्रविधि प्रयोग गरेर बाटा निर्माण गर्नु प्रभावकारी र राम्रो हुन्छ भन्ने मेरो बुझाइ छ।’

नेपालमा सडक तथा बाटो निर्माण गर्दा मेसिनहरूभन्दा जनशक्ति उपयोग गरेर निर्माण गर्दा दिगो एवं प्रकृतिमैत्री हुने उनले बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP