Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

एशियाली जनसंख्या सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं :छैटौं एशियाली जनसंख्या सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

तीन दिनसम्म चल्ने सम्मलेनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटनगर्नेछ। दिउसो १ बजे होटल सोल्टीमा उद्घाटन हुने कार्यक्रममा विभिन्न ३४ वटा देशका ५०० भन्दा बढी प्रतिनिधी सहभागी हुनेछन्।

आयोजक त्रिभूवन विश्व विद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राडायोगेन्द्र बहादुर गुरुङका अनुसार एशियाली देश बाहेक अमेरिका,अष्ट्रेलिया लगायतका देशबाट पनि जनसंख्या विज्ञहरु नेपालमा आएका छन्।

गुरुङका अनुसार सम्मेलनमा १७ वटा विषयमा ४०० वटा भन्दा बढी कार्यपत्रहरु प्रष्तुत हुनेछन्।

एकैदिन पाँचवटा हलमा अलग अलग सेसनहरु सञ्चालन हुनेछन्। एकैदिनमा २५ वटा भन्दा सेसनहरु सञ्चालन हुने गुरुङले बता। समितीका सदस्य सचिव एवं नेपाल जनसंख्या संघ (पान)का अध्यक्ष डाक्टर पद्मप्रसाद खतिवडाका अनुसार सम्मेलनको अन्तिम दिन नेपाल शेसन पनि सञ्चालन हुनेछ।

उक्त शेसनमा राष्ट्रिय तथ्यांक कार्यालयका तर्फबाट राष्ट्रिय जनगणना २०७८ का नतिजाहरुका बारेमा प्रष्तुतिकरण रहनेछ । जसमा नेपालको घट्दो प्रजननन् दर, बढ्दो बुढ्यौली,युवा जनसंख्या आदिका विषयमा व्यापक छलफल गर्ने तयारी छ।

यसैगरी श्रम तथा रोजगारी मन्त्री शरदसिंह भण्डारीले नेपालका प्रवासी श्रमिक र युवा जनसंख्याका बारेमा एक कार्यपत्र समेत प्रस्तुत गर्नेछन्। सम्मेलनमा भाग लिन एशियन जनसंख्या संघ (एपिए)का अध्यक्ष रोइको ह्यासी दुईदिन अघि नै काठमाडौं आइसकेका छन्।

सम्मेलनमा विभिन्न राजनीतिक दलका नेताहरु तथा सातै प्रदेशका उपसभामुखहरु समेत सहभागी हुनेछन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP