Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

प्रचण्डको अपिल : सुशासनका लागि उपनिर्वाचनमा माओवादीलाई भोट हाल्नुस्

 

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन अपिल गरेका छन्।

सामाजिक संजालमार्फत भिडियो सन्देश जारी गर्दै प्रचण्डले सुशासनका निम्ति स्थानीय तहको उपनिर्वाचनमा गोलाकारभित्रको हँसिया हथौडामा मतदान गर्न अपिल गरेका हुन्।

‘यो उपनिर्वाचनले यथार्थमा भोलिको आम निर्वाचनका लागि नयाँ सन्देश दिने छ। साँच्चै नेपाली जनता सुशासनको पक्षमा रहेको, भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने एउटा अवसर पनि हो।’ प्रचण्डले भने, ‘त्यसकारण यो उपनिर्वाचनलाई अवसरका रुपमा सदुपयोग गरेर देशमा व्याप्त बेथिति बिसंगतीविरुद्ध एउटा नयाँ परिस्थिति सिर्जनाका लागि हामीलाई मतदान गर्नुहोस्। सुशासनको पक्षमा र सबैखाले बेथिति विरुद्ध एउटा नयाँ अभियान सुरु गरौं।’

उनले आफू प्रधानमन्त्री हुँदा सुशासन र न्यायको पक्षमा, भ्रष्टाचार र सबैखाले विभेदको विपक्षमा काम गर्नुका साथै देशलाई आर्थिक संकटबाट माथि उठाउने काम गरेको जिकिर गरे। मुलुकका ४४ स्थानीय तहमा यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP