Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

एमाले बझाङले प्रधानमन्त्री ओलीलाई ११ बुँदे मागपत्र बुझायो

 

बझाङ : नेकपा एमाले जिल्ला कमिटी बझाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बुँदे माग पत्र बुझाएको छ। शुक्रबार बालुवाटार पुगेर नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला प्रतिनिधिसभा इन्चार्ज ऐन महर, सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारी, प्रदेश कमिटी सदस्य जनक जोशी, सारदा विक, दलबहादुर धामी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर भण्डारी, उपाध्यक्ष लालबहादुर विष्ट, सचिव नयन बोहरा, उपसचिव पंकज भण्डारी, नेकपा एमाले जिल्ला कमिटी बझाङका निवर्तमान सचिव आनन्दलाल विस्वकर्मा लगायतका नेताहरुले प्रधानमन्त्री ओलीलाई ११ बुँदे माग पत्र बुझाएको हो।

बझाङ जिल्लाको पूर्वाधार विकास तथा जनताको आर्थिक रुपमा जीवनस्तर उकास्नका लागि योजनाहरु छनौट तथा बजेट विनियोजनका लागि ११ बुँदे माग पत्र बुझाएको नेकपा एमाले जिल्ला कमिटी उपसचिव पंकज भण्डारीले बताए।

मागपत्रमा खुटिया–दिपायल–चैनपुर–ताक्लाकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी यथेष्ट बजेट विनियोजन गर्नुपर्ने, भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुर्ननिमार्णका लागि बजेट विनियोजन तथा निकासा गरिनुपर्ने माग गरिएको छ। सेती नदीमा तटबन्धन, खप्तड पर्यटन बिकास, बझाङको सदरमुकाम चैनपुरमा सभाहल निर्माण, प्याराफिट सहितको खेलमैदान निर्माण, जडीबुटी खेती, संरक्षण तथा प्रशोधनका लागि छुट्टै आयोजना बनाउनुपर्ने नेकपा एमाले बझाङले माग गरेको छ।

यस्तै कृषि तथा पशुपालन व्यवसाय र साना तथा लघुउद्यमका लागि विशेष आयोजना लागू गर्नुपर्ने मागपत्रमा भनिएको छ।

त्यसैगरी शिक्षा, स्वास्थ्य तथा पर्यटन विकासका लागि विशेष कार्यक्रम, बझाङ जिल्लाको बीच भागमा बग्ने सेती नदी तथा खोलाहरुमा विद्युत उत्पादनको ठुलो सम्भावना रहेकोले नेपाल सरकार तथा निजी क्षेत्रबाट लगानीकर्ता परिचालन गराउन एमालेले माग गरेको छ। मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले जिल्ला अधिवेशन सम्पन्न भएकोमा खुसि व्यक्त गर्दै बधाई तथा धन्यवाद व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले सो मागहरुप्रति सकारात्मक रहेको भन्दै कार्यान्वयनका लागि प्रतिवदतासमेत जनाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP