Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

विश्वविद्यालय शिक्षाको मन्दिर हो : प्रधानमन्त्री

 

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

शनिवार त्रिभुवन विश्वविद्यालयद्वारा दशरथ रंगशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विश्वविद्यालयलाई शिक्षाको मन्दिरका रूपमा अघि बढाउनुपर्ने र आदरणीय, प्राचीन थलोको रूपमा विकास गर्नुपर्ने बताए।

उनले मन्दिरमा जाँदा सकारात्मक भाव पैदा भएझैँ विश्वविद्यालयमा जाँदा पनि सकारात्मक भावका साथ जानुपर्ने बताए। उनले नेपाली समाज सभ्य समाज रहेको उल्लेख गर्दै त्रिभुवन विश्वविद्यालयमा कमी, कमजोरीलाई सुधार गर्दै जाने बताए।

ओलीले भने‚ ‘त्रिभुवन विश्वविद्यालयमा कमी, कमजोरी होलान्, कमी भइरहन्छन्, आर्थिक अवस्था कमजोर होला, त्यसलाई हामी सच्याउँदै जानेछौँ। हामीले शिक्षाको मन्दिरको रूपमा विश्वविद्यालयलाई आदरणीय, प्राचीन थलोको भाव हुनुपर्छ।’

प्रधानमन्त्री ओलीले सकारात्मक सोचका साथ नेपाली विद्यार्थीले देशमा काम गर्नुपर्ने बताए। नयाँ सोच र विज्ञतालाई अध्ययन र अनुसन्धानबाट विद्यार्थी स्थापित हुनुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP