Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

स्थानीय तहका कर्मचारीका समस्या समाधान गर्न प्रतिबद्ध छु : मुख्यमन्त्री सिंह

 

जनकपुरधाम : स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ कार्यान्वयन भइरहँदा ऐनमा केही प्रावधान छुटेका, केहीमा प्रष्ट नभएका र केही संशोधन हुनुपर्ने स्थानीय तह कर्मचारीको माग सम्बोधन गर्न गम्भीर गृहकार्य भइरहेकाले कुनै किसिमको प्रदर्शन नगर्न स्थानीय तहका कर्मचारीलाई मधेश प्रदेश सरकारले आग्रह गरेको छ।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बिहीवार एक विज्ञप्ति जारी गरी स्थानीय तह कर्मचारीका समस्याबारे मुख्यमन्त्री सतिशकुमार सिंह अवगत रहेका र समस्या समाधानका लागि आवश्यक एवम् यथोचित प्रयास भइरहेकाले कुनै पनि किसिमको प्रदर्शन नगर्न आग्रह गरेका हुन्।

प्रदेश मन्त्रिपरिषद्ले गत पुस १६ गते स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ का प्रावधान एवम् सोको कार्यान्वयनको सिलसिलामा देखापरेका स्थानीय तहमा कार्यरत कर्मचारीहरूको समस्या समाधानका उपायहरूको अध्ययन एवम् विश्लेषण गरी सुधार गर्नुपर्ने विषयमा सुझाव दिन गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीको संयोजकत्वमा समिति गठन गरेको छ।

शिक्षा तथा संस्कृतिमन्त्री रानीकुमारी तिवारी, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव र वन तथा वातावरण मन्त्री त्रिभुवन साह सम्मिलित सो समितिले गम्भीरता एवम् तीव्रतापूर्वक काम अघि बढाएकाले सोसम्बन्धी गृहकार्य पूरा नहुँदासम्म प्रदर्शनलगायत नगर्न कर्मचारीहरूलाई सरकारले आग्रह गरेको हो।
विज्ञप्तिमा कर्मचारीहरूले मुख्यमन्त्री सिंहलाई ऐनमा प्रावधान नहुँदा केही कर्मचारीको पदस्थापना तथा स्तरवृद्धि बाधित भएको भनी गरेका गुनासाप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको लेखिएको विज्ञप्तिमा मन्त्री लेखी नेतृत्वको समितिबाट प्राप्त सुझावका आधारमा गरिनुपर्ने आवश्यक तथा यथोचित कार्य अघि बढाउने प्रतिबद्धता मुख्यमन्त्री सिंहले व्यक्त गरेको जनाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP